लाईसेन्सको ट्रायलमा फेल हुँदा पनि १८ महिनासम्म रि–ट्रायल दिन पाउने

सवारी चालक अनुमति पत्र (लाईसेन्स) को ट्रायल परीक्षामा एक पटक फेल भएपनि अब १८ महिनासम्म पुनः ट्रायल दिन पाउने गरी नयाँ नियम लागू गरिएको छ ।

मोटरसाईकल वा अन्य सवारीको लागि लिखित परीक्षामा पास भएका चालकले ट्रायल परीक्षा भने डेढ बर्षसम्म दिन पाउने भएको छ । आईतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले ट्रायलको अवधीमा परिवर्तन गरी डेढ बर्षसम्म पुरयाएको हो ।

विभागका अनुसार, लाईसेन्स लिन चाहने व्यक्तिले लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीनपटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने भएकोमा अब १८ महिनासम्म दिन पाउने भएको छ । यसअघि ३ महिनाभित्र ३ पटक मात्र रि–ट्रयाल दिने व्यवस्था थियो ।

विभागका निर्देशक डा। लोकनाथ भुसालका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्याएको हो ।

‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ’, निर्देशक भुसालद्धारा जारी सूचनामा उल्लेख छ ।

भुसालका अनुसार विभागबाट सञ्चालमा रहेको इलोक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र सवारी दर्ता प्रक्रियासमेत अद्यावधि गरिएको छ । यसअघि मात्र ९० दिन रि–ट्रायलको समयावधी रहेकोमा चालकहरु केही हदसम्म मार्कामा पर्दै आएका थिए ।

जनकपुरमा रहेको यातायात कार्यालयमा अहिले नयाँ लाईसेन्सको सबै सेवा बन्द गरेको हो । यातायात कार्यालयमा अख्तियारले छापामारी गरेपछि एक सूचना जारी गर्दै भोलीपल्ट नै अर्को सूचना नआएसम्म नयाँ लाईसेन्सको फाराम रोकिएको उल्लेख गरिएको थियो ।

3 thoughts on “लाईसेन्सको ट्रायलमा फेल हुँदा पनि १८ महिनासम्म रि–ट्रायल दिन पाउने

  • February 9, 2021 at 6:18 am
    Permalink

    Sir, lumbini ko from Banda vako xa ra

    Reply
  • March 15, 2021 at 4:56 pm
    Permalink

    सर 18 महिना मा कति पटक दिन पाईन्छ।

    Reply
  • March 23, 2021 at 7:18 pm
    Permalink

    सर बिदेशी लाइसेन्स होल्डर ले कस्तो अवस्था मा नेपाली लाइसेन्स पाउने प्राब्धान छ

    Reply

Leave a Reply

%d bloggers like this: