यातायात विभागको चरम लापरर्वाही, अनलाइन फर्ममा चलखेलको आशंका

पोखरा, १४ माघ– सवारी चालक अनुमतीपत्र (लाइसेन्स) उमेर पुगेका हरेक नागरिकले लिने गर्छन् । समय समयमा खोल्ने लाइसेन्स फर्म दुःखसुख जेनतेन गरी भरेर बुझाउने गर्दछन् । कागजी फर्मको सेवालाई विस्थापित गर्दै भौतिक यातायात विभागले लाइसेन्सको लागि प्रविधिमा जोडिदैँ अनलाईन फर्मको व्यवस्था लागु ग¥यो ।
लागु त भयो तर कुन बेला कति बेला खोल्ने कसैलाई पत्तोनै हुने थिएन् । यातायात विभाग केन्द्रले बेला न कुबेला सर्भर खोलीदिने र बन्द गरिदिने गर्छ । विभागबाहेक अन्य क्षेत्रमा रहेको विभागले त्यसको स्वामित्व अझै पाउन सकेको छैन् । यो त भयो विभागको आन्तरिक कुरा तर गण्डकी प्रदेशमा भने अनलाइन फर्म भरेर राजश्व तिरी फोटो खिच्न आएकाकै फर्म दर्ता नम्बर तथा नाम नै भेटिएन् ।
भौतिक पुर्वाधार यातायात व्यवस्था विभाग सवारी चालक अनुमतीपत्र गण्डकीको कार्यालयमा विगत केहि दिनदेखि अनलाइन फर्म भरेकाहरुको दर्ता नम्बर र नाममै गायब गरिएको छ । यसरी नाम नै गायब गर्दा यातायात विभाग केन्द्रमै वा प्रदेशमा चलखेल भएको हो भन्ने विषय गम्भिर बनेको छ । बारम्बार सेवाग्राहीलाई दुःख दिने यातायात कार्यालयले सबै प्रक्रिया पुरा गर्दा समेत दर्ता नम्बर र नाम नै गायब गर्नुमा घोटला भएको कुनै दुईमत नै छैन् ।
यदि सर्भर बिग्रिएको भए सबैको समस्या हुनेपर्ने तर केहि व्यक्तिहरुको मात्र हुनुमा ठुलो चलखेल वा भ्रष्टार भएको अनुमान लगाउन सकिन्छ । माघ १ गतेदेखी २४ सै घण्टा अनलाईन फर्म भर्न पाउने विभागले जानकारी गराए पनि अहिले त्यसरी अनलाईन फर्म भर्न पाइएको छैन । एकातिर अनलाईन फर्म भर्न नपाउने समस्या अर्कातिर फर्म भरेपछी नाम र दर्ता नम्बर नै गायब हुनुको समस्या ।
पुष २९ गते फर्म भरेका पोखरा २४ का किरण अधिकारीलाई राजश्व तिर्नको लागि मंगलबारको मिति विभागले दिएको थियो । उनी आफ्नो मोबाइलमा आएको सुचनाकै आधारमा राजश्व तिरेर फोटो खिचाउन अर्थात् विभागको भाषा अनुसार अफिस भिजिटका दिनमै आए । लामो समय लाइनमा बसेका उनको जब पालो आयो अचानक कर्मचारीले नम्बर नै छैन भनेर फर्काए । दिनभर बसे तर केहि लागेन अनि फर्किए ।
यस्तै तनहुँ व्यास नगरपालिकाबाट लामो यात्रा गरेर राजश्व तिर्न आएका अरुण रानाभाटले पनि सोहि समस्या झेल्नुप¥यो । स्याङ्जाका अर्जुन मरासिनीले आफ्नो विरामी परिवारलाई अस्पतालमै छाडेर लाइसेन्सको लागि पोखरा हान्निए तर उनी पनि निराश नै भए । यी थिए उदाहरणका पात्र । यसरी नै यातायात विभागको लापरर्वाहीको कारण दुई दिनमा सयौँ सेवाग्राहीले दुःख पाउन बाध्य भए ।
‘कर्मचारीले सिधँै अर्को फर्म भरेर आउनु भन्नुभयो, २ हजार रुपैँया तिरेर फर्म भरेका किरण अधिकारीले भने, ‘२ हजार रुपैयाँ तिरेर फर्म भरेको काम लागेन सबै प्रक्रिया पुरा गर्दा समेत हामीले फोटो खिच्न पाएनौँ ।’ यस्तै स्याङ्जाका मरासिनीले विभागको लापरर्वाहीकै कारण आफुले दुख पाएको बताए । उनले कर्मचारीको चलखेलले नै समस्या आएको हुनसक्ने बताए । उनीहरुले फर्म बुझाउँदा विभागको सिस्टममा एपलिकेसन रिफ्रेन्स नम्बर इन्भल्ड अर्थात् दर्ता नम्बर खाली देखाएको थियो ।
स्याङ्जाबाट फोटो खिच्नको लागि पोखरा आएका अर्जून मरासीनी भन्छन्, ‘फोटो खिच्नको लागि पसल बन्द गरेर पोखरा आएँ । दिनभर कुरेर पनि फोटो खिच्न पाइएन ।’ मंगलबार मात्र नभएर सोमबारदेखि नै यस्ता समस्या देखिएको उनले बताए । सोमबार र मंगलबार यस समस्याबाट सयौँ सेवाग्राही पिडित भएका छन् ।
यातयात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र गण्डकीका प्रमुख भरतराज काफ्लेले आफुहरुले केहि गर्न नसक्ने जानकारी दिए । यातायात विभागले आफुहरुलाई अनलाईन दर्ताको लागि कुनै स्विकृत नदिएको र सबै सेटिङ माथीबाट हुने हुदाँ समस्या आएको बताए । ‘हामीले केहि गर्न सक्दैनौँ, हामीलाई अनलाईन फर्म भर्ने कुनै स्विकृत छैन् सबै माथीबाट हुन्छ । हामीले माथी समस्या जानकारी गराएका छौँ’ उनले भने । विभागले सिस्टम आफुहरुलाई दिन नमानेको बताउँदै दुई कार्यालय बिचको समन्वयमा केहि फाटोँ रहेको प्रतिक्रिया दिए ।

Leave a Reply