लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबारदेखि हट्ने

०८ माघ, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने कोटा प्रणाली भोलि (शुक्रबार) देखि हट्ने भएको छ । यातायात व्यवस्था विभागले फाराम भर्न नपाएको गुनासोलाई मध्यनजर गर्दै कोटा प्रणाली हटाएर आवश्यकताअनुसार आवेदन दिन सक्ने व्यवस्था मिलाउन लागेको हो ।

कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाउने यातायात व्यवस्था विभागले जनाएको छ । यसैबीच अनलाइन फाराम भरिसकेपछि परीक्षासम्बन्धी जानकारीका लागि सञ्चालनमा रहेको एसएमएस सेवा भने प्राविधिक कारण बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

एसएमएस सेवा बन्द रहेको अवस्थामा रजिस्ट्रेसन नम्बरसहित तोकिएको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने यातायात व्यवस्था विभाग प्रवक्ता डा. लोकनाथ भुसालले बताए ।

Leave a Reply